राजनीति

माओवादीबाट चुनाव लड्न एकै परिवारका ४ जनाको नाम सिफारिस

Banner

महोत्तरी,भदौ २६-

नेकपा माओवादी केन्द्र महोत्तरीले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि एकै परिवारबाट चारजनाको नाम सिफारिस गरेको छ। महोत्तरीक्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षमा सिफारिस भएका रज्जी हैदर समानुपातिक सुचीतर्फ पनि अटाएका छन्।

समानुपातिक सुचीमा हैदरकी छोरी तलअत तहसिम र भाई मोहम्मत महफुज आलम पनि सिफारिस भएका छन्। यस्तै प्रदेशसभातर्फ ४ (ख)बाट हैदरकी भतिजी फरहिन खातुत सिफारिस भएकी छिन्। संगठन निर्माणमा परिवारलेनै योगदान गरेको हुनाले सिफारिस गरिएको हैदरले बताएका छन्।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ मधेस प्रदेशका गृह तथा संचारमन्त्री भरतप्रसाद साह पनि सिफारिसभएका छन्। यता प्रदेशसभाका लागि ४ (क) बाट रामबाबु चौधरी र (ख) बाट नगिनादेवी यादव सहित अरबिन्द दास, सितादेवी साह, अनिलकुमार सिंह र जिवछ कुमार चौधरीको नाम सिफारिस भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>