राजनीति

सिट बाँडफाँटलाई टुंग्याउन गठबन्धनको बैठक आज पनि बस्दै

Banner

काठमाडौं, भदौ २६–

सिट बाँडफाँटलाई टुंग्याउन सत्ता गठबन्धनका शिर्ष नेताको बैठक आज पनि बस्ने भएको छ । शनिबार साँझ बसेको बैठकमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव नआएपछि बैठक विना निश्कर्ष सकिएको थियो ।

सिट बाँडफाँटलाई टुंगोमा पु¥याउन आज बिहान ८ बजे बालुवाटारमा निर्णायक बैठक बस्ने बताइएको छ । आगामी निर्वाचनमा चुनावी तालमेल गर्दा कुन दलले कति सिट लिने भन्ने विषयमा सहमति जुटाउन भन्दै पटक–पटक बैठक बस्दै आएको छ ।

गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको बताइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>