राजनीति

सिरहा-२ बाट प्रचण्ड उम्मेदवार सिफारिस

Banner

सिरहा, भदौ २५-

आसन्न प्रतिनिधिसभा, प्रदेससभाको निवार्चनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कार्यसमिति सिरहाले उम्मेदवार टुंगो लगाएको छ। सिरहा क्षेत्र नं २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सिफारिस गरिएको छ।

माओवादी केन्द्रले निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभाका लागि दशमीलाल चौधरी र आशानन्द यादवलाई सिफारिस गरेको छ। प्रदेशसभा १ (क) बाट विजयकुमार गुप्ता, खड्गनारायण चौधरी र नथुनी महतो सिफासिस गरेको छ। प्रदेशसभा १ (ख) बाट हेमन्तकुमार यादव, महादेव चौधरी र उमेश यादवलाई सिफारिस गरिएको छ।

निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सुरेशचन्द्र दासलाई सिफारिस गरिएको छ। प्रदेशसभा २ (क) बाट जीवछ यादव र अरविन्द यादव, प्रदेशसभा २ (ख) बाट सुनिताकुमारी महतो, हरिनारायण चौधरी, विष्णु न्यौपाने र मुक्तिनारायण सिंहको नाम सिफारिस गरेको छ। सिरहा क्षेत्र नं. २ मा मोओवादी केन्द्रबाटै सुरेशचन्द्र दास यादव निर्वाचित भएका थिए।

निर्वाचन क्षेत्र नं. ३ बाट विश्वनाथ साहको एकल नाम सिफारिस गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>