राजनीति

सहिदहरूले देखाएको बाटो मार्गनिर्देशन: अध्यक्ष यादव

Banner

धनुषा, भदौ २५-

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सहिदहरूले देखाएको सहादतबाट प्राप्त सङ्घीयता र समावेशितालगायतका मुद्दा संस्थागत गर्ने जिम्मा आफूहरूको काँधमा रहेको बताउनुभएको छ । जसपाका जनकपुरधाम उपमहानगर समितिले मुजेलियास्थित सहिदद्वारमा आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै उहाँले सङ्घीयता र समावेशितालगायतका मुद्दा संस्थागत गर्न कहिल्यै कदम पछाडि नहटाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । मुलुकमा विभेदविरुद्धको लडाइँ अझै जारी रहेको उल्लेख गर्दै अध्यक्ष यादवले सहिदहरूले देखाएको बाटो आफूहरूको मार्गनिर्देशन रहेको उल्लेख गर्नुभयो ।

मधेस आन्दोनलका क्रममा विसं २०७२ भदौ २५ गते चलु जनकपुर भरु जनकपुर कार्यक्रमअन्तर्गत प्रहरीको गोली लागि सहादत प्राप्त गरेका सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । विसं २०७२ भदौ २५ कै दिन जनकपुरधाममा प्रहरीको गोली लागि सञ्जय चौधरी, दिलीप यादव र नितु यादवको मृत्यु भएको थियो ।

उहाँहरुको स्मृतिमा जनकपुरधाम उपमहानगरले निर्माण गरेको सहिदगेट पुगेर अध्यक्ष यादवले सहिदहरूको प्रतिमामा माल्यार्पण गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । जसपा जनकपुरधाम उपमहानगर समितिका अध्यक्ष विष्णुदेव साहको अध्यक्षतामा मुजेलियास्थित सहिदद्वारमा आयोजित श्रद्धाञ्जलिसभामा राजनीति समिति सदस्य लालकिशोर साह, केन्द्रीय सदस्य एवं प्रदेश सरकारका राज्यमन्त्री योगेन्द्रराय यादव, प्रदेश सरकारको पूर्वआन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादव, वडाध्यक्ष पुण्यप्रताप यादवसहितका वक्ताहरूले सम्बोधन गर्नुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>