राजनीति

कांग्रेसका नेताले गठबन्धनविरूद्ध भाषण गर्दै हिँड्न मिल्दैनः गृहमन्त्री खाँण

Banner

काठमाडौं, भदौ २५-

गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेताहरूले सत्तारूढ गठबन्धनविरूद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताएका छन्। नेपाल तरुण दल, काभ्रे जिल्लाले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले निर्वाचन अघि गठबन्धन तोड्ने पक्षमाम नरहेको बताए।

उनले गठबन्धनमा आवद्ध भएको हुनाले कांग्रेसका नेता तथा कार्यकर्ताले गठबन्धनले उठाएको उम्मेदवारको पक्षमा उभिनु राजनीतिक धर्म र दायित्व दुवै भएको स्पष्ट पारे। उनले आफू काग्रेस केन्द्रीय सदस्य र गृहमन्त्री भएको नाताले सत्तारूढ गठबन्धनलाई बचाएर आगामी निर्वाचनलाई सुनिश्चित र सुरक्षित गराउने दायित्व पूरा गराउन प्रतिबद्ध रहेको समेत बताए।

‘आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बुद्धिमतापूर्वक सिट बाँडफाँडमा पार्टीले आफ्नो अडान राख्नु पर्दछ। तर गठबन्धन तोडेर हेरौं भनेर भन्नु हुन्छ भने कांग्रेसको केन्द्रीय समितिले अहिले गठबन्धन तोड्दैन,’ उनले भने।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>