चितवन विशेष
जिल्लाले आवश्यकता ठाने तालमेल हुन्छ : महासचिव पोखरेल
०

चितवन, भदौ २४-
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा तालमेल हुने बताउनुभएको छ ।
भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राजनीतिकरुपमा कुनै दल विशेषसँग तालमेल नगर्ने तर स्थानीय आवश्यकताका आधारमा केही ठाँउमा मात्र तालमेल हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीयस्तरमा पार्टी कमिटीले नचाहेमा तालमेल हुँदैन, त्यसका केन्द्रको दबाब रहँदैन ।” उहाँले एमाले नीतिका आधारमा जनतामाझ जाने जानकारी पनि दिनुभयो । एमाले आफ्नो मान्यतामा दृढ रहेकोसमेत उहाँले स्पष्ट पार्नुभयो ।
निर्वाचनको समयमा जनताका मुद्दामा बहस केन्द्रित हुनुपर्ने भन्दै उहाँले मुलुकलाई सही दिशामा लैजानका लागि एमालेको नेतृत्व स्थापित हुनुपर्नेमा जोड दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























