चितवन विशेष

बादललाई भेट्न केपी ओली चितवन आउँदै

Banner

चितवन, भदौ २४–
मातृ शोकमा रहेका नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली चितवन आउने भएका छन् ।

बादललाई भेट्न ओली १०ः५५ बजेको फ्लाईटमा भरतपुर विमानस्थलमा आइुपुग्ने एमाले नेत्री पार्वती रावलले जानकारी दिइन् ।

क्षेत्रपुरस्थित निवासमा ओली र बादलबीच करिब १ घण्टा भेटघाट हुने रावलले बताइन् । ‘बादल’ की आमाको निधन भएको आज ६ दिन भएको छ ।

प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि पार्टीको कार्यक्रममा सहभागी हुन चितवन आउँदै छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>