राजनीति
धन्यवाद दिँदै रावलले भनिन्–देश र जनताको हितमा समर्पित हुने छु
०

चितवन, भदौ २४–
राष्ट्रिय सभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति दिलकुमारी रावल (पार्वती)ले आभारसहित धन्यवाद व्यक्त गरेकी छन् । संसदको कार्यकाल केहि दिनमात्र बाँकी रहेका बेला रावतलले समिति सभापति जस्तो महत्वपूर्ण जिम्मेवारी प्रदान गर्ने एमाले अध्यक्ष केपी ओलीलगायतका नेतालाई धन्यवाद दिएकी हुन् ।
रावल तेस्रो कार्यकालका लागि समिति सभापतिमा चयन भएकी हुन् । त्यस्तै, समन्वय र सहयोग गर्ने राष्ट्रिय सभा अध्यक्षलगायत नेता, कार्यकर्ता र आफन्तलाई उनले आभारसहित धन्यवाद ज्ञापन गरेकी छन् । शुभेच्छुकको विश्वास र भरोसा टुट्न नदिने भन्दैे उनले लेखेकी छन्–देश र जनताको हितमा समर्पित रहने र कमजोरी नगर्ने प्रतिबद्वता जाहेर गर्दछु।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























