राजनीति

कांग्रेसले १०० सिट नपाए विद्रोह हुन्छः नेता शेखर कोइराला

Banner

काठमाडौं, भदौ २३-

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे छलफल भइरहेकोले कांग्रेसलाई १०० छाड्नुपर्ने बताएका छन्। १६५ प्रतिनिधि सभा क्षेत्रमै एक्लै उठ्ने हो भने पनि कांग्रेसभित्र आकांक्षीलाई व्यवस्थापन गर्न गाह्रो रहेको उल्लेख गर्दै कोइरालाले गठबन्धन गर्दा कम्तीमा पनि १०० क्षेत्र कांग्रेसले लिनुपर्ने बताएका छन्।

प्रेस युनियनले आज जनकपुरमा गरेको कार्यक्रममा बोल्दै कोइरालाले बहुमत ल्याउन पनि कांग्रेसले १०० सिट लिनुपर्ने बताएका हुन्। कांग्रेस केन्द्रीय समितिले बहुमत ल्याउन र पाँच वर्ष सरकार चलाउन गठबन्धन गर्ने निर्णय गरेको थियो। ‘१०० सिट नलिए कसरी बहुमत ल्याउन सकिन्छ?,’ कोइरालाले भने, ‘तर १०० सिट दिने पक्षमा सत्ता गठबन्धनका अरू दल छैनन्। १०० भन्दा कम सिट लिँदा त विद्रोह हुन्छ।’

‘यो कुरा नेतृत्वसामु हामीले भनिरहेका छौं,’ उनले भने। कांग्रेस अहिले अप्ठेरो अवस्थामा रहेको पनि उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>