चितवन विशेष

भरतपुरमा निःशुल्क स्वास्थ्य शिविर, ९३५ लाभान्वित

Banner

चितवन, भदौं २३-

भरतपुर महानगरको उज्जवलचोकमा सञ्चालित एक दिने शिविरबाट ९३५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

गीतानगर लायन्स क्लब, भरतपुर महानगरपालिका वडा नंं १३ स्थित चितवन हर्नबिल लायन्स क्लब र गीतानगर लियो क्लबको संयुक्त आयोजनामा गत शनिबार सञ्चालित उक्त शिविरमा निःशुल्क स्वास्थ्य जाँच गरी औषधि वितरण गरिएको थियो ।

काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोग तथा लाइफलाइन हेल्थ होम, पुलचोक ललितपुरको सहकार्यमा उज्ज्वलचोकमा सम्पन्न शिविरमा रोगबाट पीडित गरिब तथा पिछडिएका समुदायका अधिकांश रोगीहरूले सेवा लिएका थिए । आर्थिक अभावले उपचार गराउन नपाएका वा अस्पतालसम्म सेवा लिन जान नसक्नेहरूले सो शिविरबाट सेवा लिएको काठमाडौँ मेडिकल कलेजले जनाएको छ । गीतानगर लायन्स क्लबका अध्यक्ष देभेन लोहनीकाअनुसार शिविरमा जनरल मेडिकल, स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा नसा, छााला रोग, नाक, कान घाँटी, आँखा, दन्त र पाठेघर रोगसम्बन्धी सेवा दिइएको थियो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>