राजनीति
सयभन्दा कम सिट काँग्रेसलाई स्वीकार हुँदैनः शेखर कोइराला
०

काठमाडौं,भदौ २३-
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले सय सिट लिन पहल गर्नुपर्ने बताएका छन्। उनले बुधबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एक सयभन्दा कम सिट आफूहरूलाई स्वीकार्य नहुने बताएका हुन्।
सत्ता गठबन्धन यतिबेला सिट बाँडफाँटको विषयमै रुमलिएको र यसलाई समयमै टुङ्ग्याउनुपर्नेमा जोड दिँदै उनले यस्तो कुरा बताए।
गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पनि बस्दै छ। बिहान नौ बजे बस्नेगरी बोलाइएको सो बैठक पछि कार्यदलले तयार गरेको प्रतिवेदन आजै शीर्ष नेताहरूलाई बुझाउने तयारी रहेको स्रोतको दाबी छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























