चितवन विशेष
चितवन–२ मा स्वतन्त्ररुपमा चुनाव लड्ने तयारीमा महिला व्यवसायी कुँवर

पूजा ढकाल
चितवन, भदौ २२
चितवनकी सामान्य मान्छे भन्न रुचाउने महिला व्यवसायीले चितवन क्षेत्र नं २ बाट संघीय सांसदको चुनावमा प्रत्यक्षबाट चुनाव लड्ने घोषणा गरेकी छन् ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा स्वतन्त्रबाट प्रत्यक्ष रुपमा चितवन क्षेत्र नं २ बाट उमेदवार दिने देविका कुँवरले घोषणा गरेकी हुन् ।
उनले भदौ १९ गते भएको ‘निवार्चनमा महिलाको अर्थपूर्ण सहभागिता’ विषयक छलफल कार्यक्रममा क्षेत्र नं २ बाट उमेदवार दिन घोषणा गरेकी थिइन् । उनको जन्म घर लमजुङ अहिले उनी भरतपुर महानगरपालिका–११ मा स्थायीरुपमा बस्दै आएकी छिन् । ३० वर्ष उमेरकी कुँवर पछिल्लो समय फेन्सी व्यवसाय तथा समाज सेवामा काम गर्दै आएकी छिन् । तर, अब २० वर्ष भने राजनीति जीवन बिताउने उनको चाहना छ । त्यस्तै २० वर्ष पछि भने उनी पुनः पुरानै पेसामा फर्कने र नयाँ पुस्तालाई अवसर दिने उनको चाहना हो ।
जित मात्रै ठूलो कुरा नभएको र आफूसँग प्रतिस्पर्धामा रहेका नेतासँग कुनै डर नभएको बताउदै उनले भनिन्,‘ नारी भोट दिएर पुरुषलाई जिताउन मात्र सक्षम छैन, उनीहरु निर्वाचनमा उठ्न पनि सक्षम छन् । त्यसैले अब नारीले पनि उमेदवार दिन शाहस गर्नुपर्छ । ’ आफू जिरो लेबलबाट आएको र समाजमा रहेका सबै मानिसको समस्या देखेको र भोगेकोले उनी आफूलाई सामान्य मान्छे भन्न रुचाउँछिन् । त्यस्तै नेपालको अर्थतन्त्र तथा राजनीतिक अवस्था देखेको र यही समाजका नारीले समानुपातिकमा उम्मेदवार दिएर संसद पुगेका छन् । जसकोे भाषण सुन्दा आफू प्रभावित भएको र उमेदावार दिने चाहाना आफूमा आएको उनले बताइन् ।
कुँवरले चितवनमा महिला मतदाताको संख्या पुरुषको भन्दा धेरै भएको बताइन् । त्यस्तै उनले कार्यक्रममा प्रश्न गरेकी थिइन्, ‘ त्यही महिलाको भोटकै कारण पुरुष निवार्चित भएका छन् भने महिलाले निर्वाचनका लागि किन उमेदवार नदिने ? यदि सक्षम छौँ भने हामी सबैले उम्मेदवार दिन मिल्छ । त्यसैले म पनि चितवनबाट प्रत्यक्षमा उम्मेदवार दिँदै छु ।’
देशका ९० प्रतिशत घर महिलाकै कारण चलेको र समालिएको छ भने एक सक्षम नारीले देश पनि चलाउन सक्छन् ? आज सबै मानिस इतिहासका कुरा गर्छन् तर इतिहास रच्ने कुरा कसैले गर्दैनन् । त्यसैले सबै काम प्रकिया नजाने पनि सिक्दै अगाडि बढ्ने उनको प्रतिबद्धता छ । व्यवसायी तथा समाजसेवी कुँवरले भनिन्, ‘ के महिलाले समानुपातिकको लागि मात्रै उम्मेदवारी दिने हो ? के उनीहरुले प्रत्यक्षमा उम्मेदवार दिन सक्दैनन् । उम्मेदवार क्षमता भएकाले दिने हो धन भएकाले हैन । त्यसैले मैले मेरो चुनाव खर्च ५० हजारदेखि एक लाख तोकेको छु ।’ त्यस्तै अब मासु खाएर भोट हाल्ने दिन गएको र मान्छे हेरेर भोट दिने दिन आएको उनको भनाइ छ ।

























