चितवन विशेष

नारायणगढ–मुग्लिन सडकको अवरोध छिचोल्दै चितवनबाट बन्दीपुर बुलेट बाइक राइड

Banner

चितवन, भदौं २१-

रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ अन्तर्गत बुलेट बाइकर्स जोनको आयोजनामा चितवनाबट बन्दिपुर हेरिटेज राइड भएको छ ।
शुक्रबार नारायणगढ–मुग्लिन सडकको पहिरो छिचोल्दै चितवनबाट बन्दीपुर पुगी फेरि चितवन आएर सो राइड सम्पन्न भएको हो ।

सो अवसरमा २२ रोयल इन्फिल्ड बाइक र ३४ जनाको सहभागिता रहेको थियो । सो दिन चितवनमा परेको अविरल वर्षा र नारायणघाट–मुग्लिन सडकमा भएको अवरोधका बीच पनि राइडरहरु उत्साहपूर्वक राइड कार्यक्रममा सहभागी भएका थिए । राइडरहरुलाई बन्दीपुर रेवानको तर्फबाट आकर्षक खादा लगाइनुका साथै प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>