अन्तर्राष्ट्रिय

बुर्किना फासोमा विद्रोहीको विस्फोटमा ३५ जनाको मृत्यु

Banner

एजेन्सी
ओगाडोउ, भदौ २१ –

बुर्किना फासोको उत्तरी क्षेत्रमा आपूर्ति बोकेको एउटा गाडिमा विस्फोटक पदार्थ प्रहार हुँदा कम्तीमा ३५ सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ३७ जना घाइते भएका छन् ।

आइतवार बौर्जांगादेखि जिबोको बीचको सडक खन्डमा एउटा समूहले सो विस्फोट गराएको सहेल क्षेत्रका गभर्नर रोडोल्फे सोर्गोले एक विज्ञप्तिमा बताएका छन् । सशस्त्र जिहादी समूहले सो हमला गरेको हो अनुमान गरिएको छ ।

उक्त गाडि उत्तरबाट बुर्किना फासोको राजधानी ओवागाडोउको लागि प्रस्थान गरेको थियो । गाडिभित्र सर्वसाधारण र व्यपारी थिए । यसअघि जिहादी समूहले उत्तरका सहर डोरी र जिबोतर्फ जाने सडकमा गराएका विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>