राजनीति

सरकारले आजदेखि कर्मचारी नियुक्ति, सरुवा, बढुवा गर्न नपाउने

Banner

काठमाडौं,भदौ २०-

सरकारले आज (सोमवार) देखि कर्मचारीको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ । निर्वाचन आयोगले गएको भदौ २ गते दिएको निर्देशनअनुसार सरकारले आजदेखि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो । आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनाव प्रयोजनका लागि यी काम नगर्न आजभन्दा १८ दिनअघि अर्थात् गएको भदौ २ गते नै आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो ।

आज न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले कुनै पनि ठाउँमा स्वीकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न सरकारले १८ दिनको समय दिएको पनि स्पष्ट पार्नुभयो । सहायक प्रवक्ता अर्यालले भन्नु भयो, ‘निर्वाचन आयोगले निर्वाचन तयारीको क्रममा नेपाल सरकार, प्रदेश सरकार र पालिकालाई विभिन्न खालको निर्वाचनसँग सम्बन्धित निर्देशनहरू दिँदै आएको छ । यसै सन्दर्भमा भदौ २ गते आयोगले सङ्घ, प्रदेश र पालिकाका कुनै पनि स्वीकृत दरबन्दीभित्र पद खाली छ भने त्यसलाई व्यवस्थापन गर्नका लागि भदौ २० गते (आज) सम्मको समय दिएको थियो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>