चितवन विशेष

नेकपा चितवनको चेतावनीः ११ बुँदे माग सम्बोधन नभए संघर्षमा उत्रन्छौ

Banner

चितवन,भदौ २०-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले ११ बुँदे माग सम्बोधन गर्न सरकारसंग माग गरेको छ । आज (सोमबार) पत्रकार सम्मेलनमार्फत भदौ १७ गते सम्पन्न ९ औं जिल्ला सम्मेलनले पास गरेको ११ बुँदे प्रस्तावहरु तत्काल कार्यान्वयन गर्न माग गरेको हो ।

सम्मेलनमा नेकपा चितवनले पार्टीसँग सरकारले गरेको तीन बुँदे सहमति तत्काल लागु गर्न, महासचिवलगायतका नेता कार्यकर्तालाई जारी भएको पक्राउ पुर्जी फिर्ता तथा गिरफ्तार परेकाहरुलाई तत्काल रिहाईको माग गरेको छ ।

यस्तै एसपीपी, एमसीसी सम्झौता खारेज गर्न, नागरिकता विधेयक खारेज गर्न, वर्षेनी किसानले भोग्नु परेको मलको समस्या समाधान गर्न, चितवनको कृषियोग्य जमिनमा भइरहेको जग्गा प्लटिङ खण्डीकरण रोक्न, मिटरब्याज कारोबार रोकी पीडितलाई न्याय दिलाउन, चितवन राष्ट्रिय निकुञ्जले बिकास निर्माण पारेको समस्या र जङ्गली जनावरको आक्रमणबाट हुने मानविय तथा बालिनालीको क्षति रोक्नका लागि बैज्ञानिक पहलकदमी अघि बढाउन माग गरिएको छ ।

स्थानीय निकाय र सरकारी कार्यालयको भ्रष्टचार अन्त्य गर्न, निजी स्कुल र स्वास्थ्य केन्द्रले १० प्रतिशत पूर्ण निःशुल्कको न्युनतम प्राबधान कडाईका साथ लागु गर्न, सुकुम्बासी समस्या समाधान गर्न तथा जनतालाई बिकास निर्माणको शिलान्यासको भ्रममा नपार्न पनि नेकपा चितवनले माग गरेको छ । यि मागहरु तत्काल पुरा नभए संघर्षमा उत्रिने नेकपा चितवन सेक्रेटरी रुद्र भट्टराईले चेतावनी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>