राजनीति

पर्यटनमन्त्री श्रेष्ठको प्रस्टीकरणः मेरो सेक्युरिटीमाथि दुर्व्यवहार गरियो

Banner

काठमाडौं,भदौ २०-

संस्कृति, पर्यटन तथा नागकिरक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सबै नेता, मन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका छन् । आइतबार छाया सेन्टरमा आफू लाइनमै रहेको समयमा आफ्नो सक्युरिटीमाथि दुर्व्यवहार गरिएको भन्दै मन्त्री श्रेष्ठले आमरुपमा आएको प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

मन्त्रीलाई लाइनमा बस्न लगाउने सुरक्षा गार्ड प्रहरी हिरासतमा पुगेको समाचार आइतबार प्रकाशित भएपछि मन्त्री श्रेष्ठको आलोचना भइरहेको छ । सोही विषयमा उनले सामाजिक सञ्जालमार्फत आफूलाई लाइनमा बस्न भनेकाले नभएर दुर्व्यवहार गरेकाले सुरक्षा गार्ड पक्राउ परेको प्रतिक्रिया दिएका हुन् ।

“पब्लिकको प्रतिकृया स्वभाविक छ, तर त्यो घटना लाइनमा नबसेर भएको नभई म र मेरो सेक्युरिटीमाथि दुर्व्यवहार गरिएकोले सेक्युरिटीले आफ्नो निकायमा जानकारी गराएको हो,” मन्त्री श्रेष्ठले लेखेका छन्, “घटनाबारे सत्य तथ्य बुझेर मात्र प्रतिकृया दिन र सबै नेता÷मन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्ने षडयन्त्रप्रति चनाखो हुन आग्रह गर्दछु ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>