चितवन विशेष

चितवनका साहित्यकार क्षेत्रीले घोषणा गरे आख्यानमा एक लाख राशीको नेपालकै ठूलो पुरस्कार

Banner

चितवन, भदौं १९-

चितवनमा रहेर कथा, कविता र निबन्धमा कलम चलाउने अग्रज साहित्यकार एलबी क्षेत्रीले आख्यान क्षेत्रमा नेपालकै ठूलो पुरस्कार घोषणा गरेका छन् ।

कविडाँडा साहित्य समाजका अध्यक्ष क्षेत्रीले हरेक वर्ष उत्कृष्ट कथा र उपन्यासलाई दिइने गरी एक लाख नगद राशीको पुरस्कार शनिबार घोषणा गरेका हुन् । चार लाख राशीको मदन पुरस्कार र अर्काे ठूलो पद्यमश्री पुरस्कार जुनसुकै विद्याले पनि पाउने भएकोले आख्यानलाई मात्र दिइने एक लाख राशीको पुरस्कार नेपालकै ठूलो पुरस्कार बन्न पुगेको छ ।

काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक अशोक थापाको कथासङ्ग्रह ‘सन्तापको धून’ को विमोचन कार्यक्रमको अध्यक्षता गर्न पुगेका क्षेत्रीले प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा उभिएर पुरस्कारको घोषणा गरेका हुन् । विगतमा ‘कविडाँडा राष्ट्रिय उत्कृष्ट आख्यान पुरस्कार’ शीर्षकमा २५ हजार राशीको पुरस्कार प्रदान गर्दै आएकोमा यस वर्षदेखि पुरस्कारको राशी एक लाख हुने क्षेत्रीले घोषणा गरे । यो पुरस्कार वर्षभरिमा प्रकाशित आख्यान विधाका कृतिमध्येबाट एकलाई प्रदान गरिन्छ ।

२०७८ का लागि भने पुरस्कार राशि २५ हजार नै रहे पनि २०८० मा दिँदा भने एक लाख राशी नै पाउने कविडाँडा साहित्य समाजले जनाएको छ । आख्यान क्षेत्रका नयाँ लेखकहरुलाई प्रोत्साहित गर्न पुरस्कार दिने व्यवस्था गरेको साहित्यकार क्षेत्रीले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘कविता पनि मलाई मनपर्ने क्षेत्र हो तर कविता लेख्न बौद्धिकता चाहिन्छ । त्यो मसँग भएन । आख्यानप्रति मेरो लगाब र आकर्षण रहेकोले पुरस्कार स्थापना गर्न प्रोत्साहित भएँ ।’ विसं २०१६ सालबाट हिन्दी भाषामा साहित्य लेख्न सुरु गरेका क्षेत्रीका अहिलेसम्म पाँचवटा कृति प्रकाशित भएका छन् जसमा तीन वटा कथा सङ्ग्रह, एउटा कविता सङ्ग्रह र एउटा अंग्रेजी कथा र कविताको सङ्ग्रह रहेको छ । सात दशक उमेर पार गरेका क्षेत्री अहिलेसम्म पनि अध्ययन, लेखन र विश्लेषण गर्नमा आफूलाई सक्रिय राख्दै आएका छन् ।

सन्तापको धुनमा के छ ?

डा थापाको ’सन्तापको धुन’ को विमोचन कार्यक्रमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा एलबी क्षेत्रीले भने, ‘ यस कृतिले पाठक वर्गमा पनि एउटा चुनौती थपेको छ । कथालाई कसरी बुझ्ने र कसरी विश्लेषण गर्ने । डाक्टर अशोक नाटकका विद्यार्थी भएकाले उहाँको कथामा नाट्य शैलीको झलक त छ नै साथै उहाँ कवि हृदय भएकोले कल्पनाशील भाषा र काव्यिक मिठासले पाठकको मन छुन सफल छ ।
कविडाँडा साहित्य समाजले प्रत्येक वर्ष दिँदै आएको कविडाँडा राष्ट्रिय उत्कृष्ट आख्यान पुरस्कारको राशी एक लाख पु¥याउने निर्णय गरेको थियो । प्रज्ञाप्रतिष्ठानको सभाकक्षमा रहेको साहित्यकारहरूको भव्य उपस्थितिमा उक्त घोषणा गर्ने अवसर पाएँ । मलाई गरिमामय प्लेटफर्म उपलब्ध गराएकोमा डाक्टर अशोक थापा प्रति कृतज्ञ छु ।’ प्रा.डा. गोविन्दराज भट्टराई प्रमुख अतिथि रहेको कार्यक्रममा शिक्षक, प्राध्यापक, सर्जक, समालोचक, विद्वत वर्गको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>