Breaking News

चितवन–२ को प्रदेशमा एमालेका १८ नेताको आकांक्षा, वडा अध्यक्षदेखि जिल्ला अध्यक्षसम्म

Banner

चितवन, भदौं १९-

मंसिर ४ गते हुन गइरहेको निर्वाचनको लागि चितवन क्षेत्र नम्बर २ को प्रदेश सभामा एमालेका १८ नेताले प्रत्यक्षमा आकांक्षा देखाएका छन् ।

आकांक्षीहरुमा एमालेका वडा अध्यक्षदेखि पार्टीको जिल्ला अध्यक्षसम्मले एमाले क्षेत्रीय कमिटीमा आवेदन दिएका हुन् ।

चितवन–२ ‘ख’ मा एमालेका पूर्वजिल्ला उपाध्यक्ष तथा एमाले प्रदेश कमिटी सदस्य तेजेन्द्र खड्का, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, भरतपुर वडा नम्बर ११ का निवर्तमान वडा अध्यक्ष बाबुराम अधिकारी, संविधानसभा सदस्य तथा एमाले प्रदेश कमिटी सदस्य शारदा कुमाल, एमाले प्रदेश कमिटी सदस्य पुरुषोत्तम न्यौपाने, एमाले प्रदेश कमिटी सदस्य शान्ति अधिकारी, विद्यार्थी नेता ऋषि रेग्मी, एमाले प्रदेश कमिटी सदस्य शम्भु सुवेदी, एमाले प्रदेश कमिटी सदस्य कृष्णबहादुर परियार, एमाले प्रदेश कमिटी सदस्य लक्ष्मीकान्त चालिसे र एमाले भरतपुर ११ का अध्यक्ष रहेका छन् । त्यसैगरी चितवन–२ ‘क’ मा एमालेका सात जना नेताहरुले प्रत्यक्षतर्फ प्रदेश सभामा आकांक्षा देखाउँदै पार्टीमा आवेदन दिएका छन् । जसमा अधिकांश प्रदेश कमिटी सदस्य रहेका छन् । प्रदेश ‘क’ का आकांक्षीहरुमा एमाले इच्छाकामना गाउँपालिका अध्यक्ष कृष्णप्रसाद सिलवाल, एमाले कालिका नगर कमिटी अध्यक्ष केशब लामा, कालिका नगरपालिकाका पूर्वमेयर तथा एमाले प्रदेश कमिटी सदस्य खुमनारायण श्रेष्ठ, इच्छाकामनाका एमाले प्रदेश कमिटी सदस्य चन्द्रमणि सापकोटा, कालिका नगरपालिकाका पूर्ववडा अध्यक्ष टीकाराज रिजाल, इच्छाकामनाकै प्रदेश कमिटी सदस्य प्रकाश अधिकारी र इच्छाकामनाकै एमाले नेतृ ज्ञानुदेवी पाण्डे त्रिपाठी रहेका छन् ।

समानुपातिकतर्फ भने एमालेले भदौं २२ गतेसम्म आवेदन दिने समय तोकेको छ ।

एमाले भरतपुर महानगरपालिका सचिव टीका सुवेदीले आवेदन दिँदा पार्टी नेताहरुसँग एक हजार सहयोग शुल्क लिइएको नारायणी अनलाइनलाई बताए । उनका अनुसार चितवनमा संकलन गरिएको आकांक्षीहरुको नामलाई पार्टी जिल्ला कमिटीले अध्ययन गरी एक महिलासहित तीन जनाको नाम प्रदेश कमिटीमा पठाउँने छ र प्रदेशबाट एक जनाको नाम केन्द्रमा पुगेपछि केन्द्रबाट टिकट वितरण हुनेछ । उनले एमाले पार्टीबाट सांसद पदका आकांक्षीहरुको संख्या बढ्नु स्वभाविक नै भएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘एमाले जस्तो ठूलो पार्टीमा योग्य र सक्षमहरु धेरै भएकोले पार्टीमा आकांक्षीहरु बढी हुनु स्वभाविक हो । धेरैले जनताको सेवा भाव राख्नु स्वभाविक नै हो ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>