Uncategorized

चितवन २ ‘ख’ बाट उम्मेदवार बन्न एमालेका युवा नेता आचार्यले दिए आवेदन

Banner

चितवन, भदौं १९-

एमालेका युवा नेता प्रकाश आचार्यले चितवन–२ ‘ख’ बाट प्रत्यक्षमा वाग्मती प्रदेश सभामा चुनाव लड्न पार्टीमा आवेदन दिएका छन् । आचार्यले एमाले क्षेत्रीय समन्वय कमिटीमा आवेदन दिएर आफ्नो आकांक्षा व्यक्त गरेका हुन् ।

आचार्यले २०६० सालबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । नेकपा एमालेको भरतपुर–११ को वडा अध्यक्षसमेत रहेका आचार्य अहिले अनेरास्ववियुको केन्द्रीय सदस्य हुन् । यसअघि अनेरास्ववियुको जिल्ला अध्यक्ष पनि भइसकेका आचार्यले ग्रामीण विकासमा स्तातकोत्तर गरेका छन् । उनले तीनपटक वडाको नेतृत्व समालिसकेका छन् । उनको नेतृत्वमा पार्टीले दुईपटकसम्म वडा जित्न सफल भएको छ भने संघ र प्रदेशको निर्वाचनमा वडाबाट सबैभन्दा धेरै मत पार्टीले ल्याउन सफल भयो । युवा विद्यार्थी माझ लोकप्रिय आचार्यले पार्टी नेता तथा कार्यकर्ताको माग अनुसार नै आफूले दिएको बताए । युवाहरुलाई पालो दिए मात्रै समाज रुपान्तरण र विकास सम्भव हुने उनको भनाइ छ ।

आचार्यसहित चितवन–२ ‘ख’ मा प्रदेशतिर ११ जना नेताहरुले आकांक्षा देखाएको क्षेत्रीय समन्वय कमिटीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>