खेलकुद

मलेसियामा ६ नेपाली तेक्वान्दो खेलाडीले जिते ७ स्वर्णपदक

Banner

मलेसिया, भदौ १८–

मलेसियामा हालै सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले ७ स्वर्णपदक जितेको छ । जीवीन युनिम्याप मलेसिया खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागिता ६ नेपाली खेलाडीले ७ स्वर्ण पदक जितेको हो । नेपाली ६ खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा ७ स्वर्ण जितेको यो पहिलोपटक हो ।

नेपालका अनुभवी खेलाडी रोशन खानले ५० वर्षमुनिको पूम्सेतर्फ स्वर्णपदक जितेका हुन् । यस्तै जैनब खातुनले १८ वर्षमाथि पियर पूम्से र एकलतर्फ गरि २ स्वर्ण जितेका छन् । उनले क्वाटरफाइनल र सेमीफाइनलमा भारतलाई पराजित गरेका थिए भने फाइनलमा मलेसियालाई पराजित गर्दै स्वर्णपदक हात पारेका छन् ।
त्यसैगरि आशिष सुवेदीले फाइनलमा जापानलाई पराजित गर्दै स्वर्णपदक जित्न सफल भए भने मुहम्मद उमर खानले पियर पूम्सेमा स्वर्णपदक जित सफल भए । फाइटिङ ६७ केजीतर्फ अब्बास खानले क्वाटरफाइनलमा भारत, सेमीफाइनलमा ब्राजिल र फाइनलमा मलेसियालाई पराजित स्वर्णपदक हातपार्न सफल भए ।

त्यस्तै ५८ केजीतर्फ मनोज श्रेष्ठले क्वाटरफाइनलमा भारत, सेमीफाइनलमा मलेसिया र फाइनलमा इन्डोसियालाई पराजित गर्दै स्वर्णपदक जितेका छन् । प्रतियोगितामा नेपालको तर्फबाट अफिसियलमा भिम मोक्तान रहेका थिए भने हेड अफ टिमको रुपमा पूर्व तेक्वान्दो सिनियर खेलाडी सन्तोष भट्ट सहभागि भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>