चितवन विशेष

चितवन मेडिकल कलेजको सहयोगमा पटिहानीमा निःशुल्क स्वास्थ्य शिविर, २०७ जनाको स्वास्थ्य परीक्षण

Banner

चितवन, भदौ १८–

भरतपुर महानगरपालिका वडा नं. २२ पटिहानीमा गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट २०७ जना लाभान्वित भएका छन् ।

वडा कार्यालयको आयोजना र चितवन मेडिकल कलेजको सहयोगमा आज (शनिबार) वडाबासीका लागि शिविर आयोजना गरिएको हो ।

बिषेशज्ञसहितको निःशुल्क शिविरमा स्त्री रोग, छाती, पेट, आँखा, भिडियो एक्सरे र सुगरको चेक गरिएको थियो । चेक निःशुल्क भए पनि औषधिमा भने सात प्रतिशत छुट गरिएको पटिहानी स्वास्थ्य चौकिका इन्चार्ज नवराज अधिकारीले जानकारी दिए । यस्तै भिडियो एक्सरेमा २०० र सुगर चेकमा ३० रुपैयाँ लिएको बताए । वडामा सबै कुरा निःशुल्क गर्ने बजेट नभएको र कलेजले पनि सबैको निःशुल्क परीक्षण गर्न नसक्ने हुदा थौरै रकम लिएर चेक गरिएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>