चितवन विशेष

जनगणनामा चितवनमा एक जना मात्र लैङ्गिक अल्पसंख्यक देखिएपछि नील हिरा समाजको आपत्ति

०
Banner

प्रतिमा कुमाल

चितवन, भदौ १८–

चितवनमा लैङ्गिक अल्पसंख्यकको संख्या एक जना मात्र देखिएपछि नील हिरा समाज चितवन केन्द्रीय तथ्याङ्क विभाग जाने भएको छ ।

राष्ट्रिय जनगणना–२०७८ ले यौनिक तथा लैङ्गिक अल्पसंख्यकको संख्या सार्वजनिक नगरेपछि समाज तथ्याङ्क विभाग जाने तयारीमा रहेको हो ।
समाजका जिल्ला कार्यक्रम संयोजक देव श्रेष्ठले हालैको जनगणनाले चितवनमा एक जना मात्र लैङ्कि अल्पसंख्यक देखाएको बताए । उनले भने, ‘करिब ६० जना चितवनमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक छौं । पारिवारिक र कामको कारणले धेरैले आफ्नो जैविक लिङ्ग नै राख्छन् । तर, मेरै अगाडि १० जनाले अन्यमा भर्दा पनि विभागले सार्वजनिक गरेको जनगणनामा चितवनमा एक जनामात्र देखायो ।’

श्रेष्ठले महिला र पुरुषको संख्या सार्वजनिक गरेको विभागले किन लैङ्गिक अल्पसंख्यकको तथ्याङ्क सर्वाजनिक गर्न सकेन भन्ने प्रश्नका साथ अगाडि बढ्ने बताए ।

केन्द्रीय तथ्याङ्क विभागले १२ औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजामा देशको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको बताएको छ । जसमध्ये एक करोड ४२ लाख ९१ हजार ३११ पुरूष र एक करोड ४९ लाख एक हजार १६९ महिला रहेका छन् । यस्तै चितवनको जनसंख्या सात लाख २२ हजार १६८ रहेको छ ।

प्रत्येक १० वर्षमा गरिने जनगणनामा यस पटक महिला, पुरुष र अन्य गरी तथ्याङ्क संकलन गरिएको थियो । तर, विभागले अन्यको तथ्याङ्क भने अहिलेसम्म सार्वजनिक गरेको छैन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>