Breaking News

चितवन–३ मा प्रचण्ड लड्छु भन्दैमा कांग्रेसले हातखुट्टा छाड्दैन: नेता गुरुङ

Banner

चितवन, भदौं १८-

कांग्रेस चितवनका पूर्वजिल्ला सभापति टेकप्रसाद गुरुङले चितवन–३ मा प्रचण्ड निर्वाचन लड्छु भन्दैमा कांग्रेसले हातखुट्टा छाड्न नहुने बताएका छन् ।

पार्टीमा लामो वर्ष त्याग र योगदान गरेका कारणले पनि आफूले संघीय संसदमा कांग्रेसबाट आकांक्षा राखेको भन्दै आफ्नो क्षेत्र त्यसै माओवादीलाई छाड्न नहुने बताएका हुन् । नारायणी अनलाइनसँग कुरा गर्दै उनले सांकेतिकरुपमा सजिलै प्रचण्डलाई चितवन–३ छाड्न नहुने बताए । उनले भने, ‘ माओवादी र कांग्रेस फरक पार्टी हो । प्रचण्ड उठ्छु भन्दैमा कांग्रेसका नेताहरुले आकांक्षा नै राख्न नहुने भन्ने हुँदैन । त्यती सजिलै कांग्रेसको जनमत सुम्पने गरेर हातखुट्टा नै उनलाई छाड्नु हुँदैन । प्रचण्डको आफ्नो क्षेत्र भएकोले पनि आकांक्षा राख्नु स्वभाविक नै हो ।’

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गुरुङले आफ्नो पार्टीमा लामो योगदान भएकोले पार्टीका शीर्ष नेताहरुले आफ्नो आकांक्षाबारे केही सोध्ने आशा व्यक्त गरे । उनले गठबन्धनको भर त छैन तर केन्द्रबाट नै गठबन्धन भएर आयो भने आफू त्यसलाई स्वीकार्ने विचार राखे । यसअघि दुईपटक विसं २०५१ र २०६४ मा सांसदमा उठेका गुरुङ दुवै पटक पराजित भएका थिए । पाँचपटक जिल्ला सभापतिका रुपमा काम गरिसकेका गुरुङ कांग्रेस राजनीतिमा सक्रिय भएको ५२ वर्ष भएको छ । गुरुङले चितवन–३ बाट संघमा समानुपातिक र प्रत्यक्षमा आकांक्षा राखेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>