Breaking News

चितवनमा लाइसेन्स बिना सवारीसाधन चलाउने ३२७ जनालाई कारबाही

Banner

निरुता विक

चितवन, भदौ १८–

चितवनमा बिना लाइसेन्स सवारीसाधन चलाउने ३२७ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चितवनका विभिन्न क्षेत्रमा भदौं १ गतेदेखि १३ गतेसम्म चेकजाँचका क्रममा उनीहरुलाई कारबाही गरेको हो ।

उनीहरुबाट एक लाख ८३ हजार ५०० रुपैयाँ राजश्व संकलन गरिएको छ । त्यस्तै लाइसेन्स नै नबनाएर सवारीसाधन चलाउने २२० जना चालक कारबाहीमा परेका छन् । उनीहरुबाट दुई लाख २० हजार राजस्व संकलन गरिएको छ । तीव्र गतिमा सवारीसाधन चलाउने १३ जना कारबाहीमा परेका छन् । उनीहरुबाट मात्रै १३ हजार राजश्व संकलन गरिएको छ ।

यस्तै लेन उल्लंघन गर्ने २४ जना, फुटपाथमा पार्किङ गर्ने ४५ जना, मदिरा पिएर सवारी चलाउने ९ जना, क्षमताभन्दा बढी यात्रु राख्ने सवारीसाधनका ५३ जनालाई कारबाही गरिएको छ । यस्तै लाइटको अवस्था ठिक नभएका, हेलमेट नलगाई सवारीसाधन चलाउनेलाई समेत कारबाही गरिएको छ । प्रहरीले चितवनको इच्छाकामनाको मुग्लिन, भरतपुरका विभिन्न स्थान, माडी र पूर्वी चितवनमा नियमित चेकजाँच गर्दै आइरहेको जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>