राजनीति
‘राजा’सँग पनि गठबन्धन गर्नुपर्ने हुनसक्छः माओवादी सांसद आलेमगर
०

काठमाडौं,भदौ १७-
राष्ट्रियसभा सदस्य सुरेश आले मगरले आवश्यक पर्यो भने ‘राजा’सँग पनि गठबन्धन गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा आलेले निश्चित मुद्दाका कारण कांग्रेससँग गठबन्धन गर्नु परेको बताए ।
नेपालमा दुई पार्टी मात्र हुने नेकपा एमाले सांसदहरुको अभिव्यक्तिको खण्डन गर्दै उनले भने, ‘नेपालमाथि कुनै विदेशी शक्तिले आक्रमण ग¥यो भने राजासँग पनि गठबन्धन गर्नुपर्ने हुनसम्छ । कम्युनिस्ट त छोडिदिनुस्, राजतन्त्रसँग पनि गठबन्धन गर्नुपर्ने हुनसक्छ ।’ कांग्रेससँग गठबन्धन गरेकोमा प्रश्न उठाउनुभन्दा किन ग¥यो होला भनेर खोज्न सुझाव दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























