राजनीति
चुनाव लड्न आरजुको नाम तीन ठाउँबाट सिफारिस
०

धनगढी, भदौ १७-
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाको नाम अहिलेसम्म तीन क्षेत्रबाट सिफारिस भएको छ। राणालाई कैलाली-५ र बाँके-३ बाट प्रत्यक्षमा लड्न सक्ने गरी उम्मेदवार सिफारिस गरिएको छ।
कैलाली-५ बाट राणाको नाम एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ भने बाँकेको क्षेत्र नम्बर ३ बाट उनीसहित उपसभापति पूर्णबहादुर खड्का र सहमहामन्त्री किशोरसिंह राठौरको नाम सम्भावित उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। यस्तै कांग्रेस डडेल्धुराको शुक्रबार बसेको बैठकले राणालाई प्रतिनिधि सभामा महिलातर्फबाट समानुपातिकका लागि पनि सर्वसम्मत सिफारिस गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























