चितवन विशेष

एमालेबाट चितवन प्रदेश १ (क)मा राप्तीका निवर्तमान उपमेयर लामासहित ७ जनाले दिए निवेदन

Banner

चितवन, भदौ १७–

आसन्न बागमती प्रदेश सभाको निर्वाचनका लागि नेकपा (एमाले)बाट चितवन क्षेत्र नं.१ (क)मा राप्ती नगरपालिकाका निवर्तमान उपमेयर इमानसिंह लामासहित ७ जनाले इच्छा जाहेर गरेका छन् ।

शुक्रबार लामासहित ७ जनाले उम्मेद्वार बन्नका लागि क्षेत्रीय समन्वय कमिटीमा निवेदन दिएका छन् । उपमेयर हुँदा जनताको सेवामा निरन्तर लागि परेका लामा लोकप्रिय नेताको रुपमा चिनिन्छन् ।

लामासंगै उम्मेद्वार बन्न सिंहबहादुर गोले, राजेन्द्रप्रसाद सिवाकोटी, चन्द्रदेवी तामाङ, शुशिला पौडेल थपलिया, श्यामलाल विश्वकर्मा, अम्मरबहादुर तामाङले निवेदन दिएको प्रदेश क सहइन्चार्ज हरि पौडेलले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>