देश/प्रदेश

मनाङ जाने बेंसीसहर-चामे सडक पहिरोले क्षतिग्रस्त

Banner

लमजुङ भदौ १७

मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र बेंसीसहर-चामे सडक बाढीपहिरोले क्षतिग्रस्त भएको छ । लगातार भइरहेको वर्षाले बेसीसहर-चामे सडकअन्तर्गत बेसीसहर नगरपालिका-६ खरखरे र दलदलेमा करिब एक किलोमिटर सडकमा पहिरो गएको छ।

सो क्षेत्रमा भासिएको सडक मर्मत र आएको पहिरो हटाउन नसक्दा गत जेठ महिनादेखि सडक अवरुद्ध छ।

लमजुङ सदरमुकाम बेंसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र यो सडक अवरुद्ध हुँदा सिङ्गो मर्स्याङ्दी गाउँपालिका र मनाङवासी समस्यामा परेका बेसीसहर चामे सडक सरोकार समितिका संयोजक सूर्यप्रकाश कतिलाले बताए।

डुम्रे बेसीसहर चामे सडक परियोजनाका प्रमुख अच्युतविलास पन्तले अवरुद्ध सडक खुलाउन पटक पटक प्रयास गरिएपनि सफल हुन नसकेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>