अन्तर्राष्ट्रिय
एक वर्षमा युएईमा १७४ जना नेपालीको मृत्यु, पीडित परिवारले पाए साढे ११ करोड क्षतिपूर्ति
०
काठमाडौं, भदौ १७
वैदेशिकक रोजगारीको सिलसिलामा खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका नेपाली कामदारमध्ये एक वर्षमा १७४ जनाको मृत्यु भएको छ ।
युएईस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उनीहरुको त्यहाँ मृत्यु भएको हो ।
मृत्यु भएकामध्ये १६७ जना शव नेपाल पठाइएको र ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको दूतावासले जनाएको छ ।
सोही वर्ष वैदेशिक रोेजगारीका क्रममा युएईमा मृत्यु र घाइते भएकाहरुले ३२ लाख ७५ हजार ७६३ युएई दिराम ९करिव ११ करोड ४० लाख ९७ हजार १७७ रुपैयाँ० क्षतिपूर्ति वापत प्राप्त गरेको जानकारी दूतावासले दिएको छ ।
दूतावासका अनुसार क्षतिपूर्ति वापात प्राप्त रकम सम्बन्धीत पीडितको परिवारलाई उपलब्ध गरिएको छ ।
युएईमा तीन लाखभन्दा बढी नेपाली कामदार रहेको अनुमान छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>