देश/प्रदेश
मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस
०

काठमाडौँ, भदौ १७
मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नाम सिफारिस गरेका छन् । विराटनगर आधार बनाएर राजनीति गरेका उपेन्द्र यादव पछिल्लो समय मोरङ ५ बाट उम्मेदवारका लागि नाम सिफारिस गरेका हुन् ।
मधेश आन्दोलनबाट राष्ट्रिय राजनीतिमा उदायका यादव २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ ५ बाट विजयी भएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने उनी कांग्रेस उम्मेदवार अमृत अर्यालसँग पराजित भए । २०७४ सालमा उनले सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट चुनाव जितेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























