राजनीति

महेश बस्नेतको बेइज्जत गर्नेहरुलाई प्रतिकार गर्न एमाले भक्तपुरको निर्देशन

Banner

काठमाडौं,भदौ १६-

नेकपा एमाले भक्तपुरले पार्टीका नेता युवा नेता एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य महेश बस्नेतविरुद्ध सामाजिक सञ्जालमा गरिएको भ्रामक तथ्यहिन सामाग्रीप्रति खेद व्यक्त गरेको छ। एमाले भक्तपुर जिल्लाका अध्यक्ष बचन देउजाले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी यस्ता व्यक्तिमाथि आआफनो तह, तर तप्काबाट शसक्त प्रतिरोध गर्न निर्देशन दिएका छन्।

आम पार्टीका कार्यकर्ता र जनसमुदायले सचेततापूर्वक आफनो तह र तप्काबाट त्यस्ता कार्यको शसक्त प्रतिकार गर्न विज्ञप्तिमा भनिएको छ। साथै यस्ता अपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी कारबाही गर्न सरकारसँंग पनि जोडदार माग गरिएको छ।

प्रतिनिधि सभा सदस्य बस्नेतको पछिल्लो अभिव्यक्तिप्रति सबैतिरबाट आलोचना र त्यसलाई अतिरञ्जित रुपमा पनि सामाजिक सञ्जाल फेसबुकका प्रचारप्रसार गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>