देश/प्रदेश

बन्द गर्ने चेतावनीपछि ‘फन पार्क’ले महानगरलाई बुझायो १७ लाख राजश्व

Banner

काठमाडौं,भदौ १६-

भृकुटीमण्डपमा रहेको ‘काठमाडौं फन पार्क’ले १७ लाख ३७ हजार राजश्व काठमाडौं महानगरपालिकालाई बुझाएको छ। मेयर बालेनको सचिवालय सदस्यका अनुसार उक्त फन पार्कले आज महानगरलाई राजश्व बुझाएको छ। ‘फन पार्कले हामीलाई बुझाउनु पर्ने शुल्क आज बुझाएको छ’ उनले भने ‘फन पार्कले समाज कल्याणलाई बुझाउनुपर्ने रकम पनि बुझाएको जनाएको छ।’

बुधबार मात्र महानगरले एक सूचना जारी गरेर २४ घण्टाभित्र काठमाडौं फन पार्कले बुझाउनुपर्ने व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन कर तथा मनोरञ्जन कर महानगरपालिकाको राजश्व विभागमा बुझाउन पत्र काटेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>