राजनीति

हास्य कलाकार सिते बा ईश्वर पोखरेलको क्षेत्रबाट चुनाव लड्ने

Banner

काठमाडौं,भदौ १६-

हास्य टेलिशृंखला सक्किगो नि का कलाकार मधुसूदन पाठक (सिते बा)ले आगामी प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएका छन्। मंसिर ४ गते हुने चुनावमा उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिन लागेका हुन्। यो क्षेत्र एमालेका वरिष्ठ उपाध्यक्ष शंकर पोखरेलको हो।

बिहीबार ललितपुरमा आयोजित ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ मा पाठकले चुनावमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। बुधबार मात्रै सक्किगो निका अर्का कलाकार कुमार कट्टेल (जिग्री)ले चुनावमा उठ्ने तयारीमा रहेको जानकारी दिएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>