देश/प्रदेश
एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटी सदस्य शाही एमाले फर्किए
०

काठमाडौं, भदौ १६-
एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटीका सदस्य गणेशबहादुर शाही एमाले प्रवेश गरेका छन् ।
अध्यक्ष केपी ओलीले डोल्पाका स्थानीय नेता शाहीलाई बिहीबार खादा लगाई पार्टी प्रवेश गराए । शाही पार्टी प्रवेशका लागि अध्यक्षको निवास बालकोट गएका थिए । उनीसँगै जीवनबहादुर शाहीलगायत पनि एमालेमा प्रवेश गरेका छन् ।
बुधबार ओलीले कञ्चनपुर पुगेर एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश अध्यक्ष करवीर चौधरी, तारा लामालगायतलाई एमाले प्रवेश गराएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























