देश/प्रदेश

दोस्रो दिन चोलेन्द्र जबराको बयान जारी 

Banner
काठमाडौं, भदौ १६-

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान जारी छ । सिंहदरवारमा महाअभियोग सिफारिस समिति बैठकमा उनको बयान सुरु भएको हो ।

बुधबारबाट सुरु गरिएको उनको बयान बिहीबार पनि जारी रहेको हो । समितिले तयार पारेको ४३ वटा प्रश्नमध्ये बुधबार २ वटा प्रश्न सोधिएको थियो ।
गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाअभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले उनको बयान लिन थालेको हो ।

बुधबारको बयानमा उनले महाअभियोग प्रस्ताव नै निस्क्रिय भइसकेको र न्यायाधीश, बार पदाधिकारी र राजनीतिक दलका नेतामाथि गम्भीर आरोप लगाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>