घटना -दुर्घटना

बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु

Banner

रुपन्देही, भदौ १६-

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवासचोकमा हिजो साँझ भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

ठोक्किँदा लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुन पश्चिमबाट पूर्व आउँदै गरेको लु १ क ४४२४ नम्बरको ट्याङ्करमा ठोक्किएको थियो । हिजो साँझ ५ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका ४१६८ नम्बरको मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय सोनु भट्टराई र मोटरसाइकलमा पछाडी सवार उनका ६ वर्षीय छोरा निशान भट्टराईको उपचारका क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका ३२४६ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङकर चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>