देश/प्रदेश

बुटवलमा मोटरसाइकल ठोक्किँदा बाबु-छोराको मृत्यु

Banner

बुटवल, भदौ १५-

बुटवलमा मोटरसाइकल दुर्घटनामा परी बाबु-छोराको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-१३ बेलवासका ४५ वर्षीय सोनु भट्टराई र उनका ५ वर्षीय छोरा निशान भट्टराई रहेका छन् ।

रुपन्देही प्रहरीका अनुसार बुधवार दिउँसो बुटवल १३ बेलवासस्थित पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ क ४४२४ नम्बरको ट्यांकर मुनी परेको थियो । उक्त मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको हो । दुर्घटनामा बुटवल-१३ का १५ वर्षीय आयुष आचार्य र पाल्पाको रामपुर नगरपालिका-२ का २३ वर्षीय अमृत सुनारी मगर घाइते भएका छन् । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

फाइल तस्विर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>