समाचार
एक वर्षमा ३४ युट्युब च्यानलमाथि कारबाही गर्न प्रहरीलाई सिफारिस
०

चितवन, भदौं १५-
प्रेस काउन्सिल नेपालले काउन्सिलले पछिल्लो एक वर्षमा पेसागत मर्यादाविपरीत सामग्री सम्प्रेषण गर्ने ३४ युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा सिफारिस गरेको छ ।
दर्ता भएर सञ्चालनमा रहेका १४ वटा युट्युब च्यानललाई आचारसंहिताबमोजिम कारबाही गरिएको काउन्सिलसको विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लोपटक आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरेको छ । सामाजिक सद्भाव बिथोल्ने, जातिय एवम् धार्मिक सहिष्णुता खल्बलाउने किसिमका सामग्रीहरू सम्प्रेषण गर्ने वीरगोर्खाली नामक युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न साइबर ब्युरोलाई सिफारिस गरिएको काउन्सिलले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























