देश/प्रदेश

प्रधानमन्त्री देउवाले उचाले टि–२० विश्वकपको ट्रफी

Banner

काठमाडौँ, भदौ १५–

प्रधानमन्त्री शेरबहादुर देउवाले आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी उचालेरै अवलोकन गरेका छन् । सो ट्रफी आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटार लगिएको थियो ।

टुरका क्रममा नेपाल ल्याइएको ट्रफी प्रधानमन्त्री देउवालाई अवलोकन गराउन बालुवाटार लगिएको हो । प्रधानमन्त्री देउवाले ट्रफी र क्रिकेटरसँग तस्वीर खिचाउनुको साथै ट्रफी उचालेर अवलोकन समेत गरेका थिए ।

ट्रफीसहित नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दास, महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्री, विश्वकिर्तिमानी खेलाडी मेहबुब आलमसहित ट्रफी टुरमा आएका अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीका प्रतिनिधि ट्रफीसहित बालुवाटार पुगेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>