अर्थ
सरकारद्वारा खेल्ने तासमा आयात खुकुलो, स्मार्ट फोन र कारमा बन्देज
०

काठमाडौँ, भदौं १५-
सरकारले आयातमा गरेको प्रतिबन्ध केही खुला गरेको छ ।
गत वैशाखदेखि सरकारले १० वटा वस्तुको आयातमा भदौ १० सम्म रोक लगाएकोमा अहिले केही वस्तु खुकुलो र केहीलाई बन्देज लगाएको हो ।
यसमध्ये सरकारले केही सीमित वस्तुको आयात खुला गरेको छ भने केहीको प्रतिबन्ध असोज २८ गतेसम्मलाई लम्ब्याएको छ ।
कुरकुरे, लेज र यस्तै उत्पादनहरू, चुरोट तथा सूर्तिजन्य वस्तु (कच्चापदार्थ बाहेक), हिरा (औद्योगिक कच्चा पदार्थबाहेक), ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, सबै प्रकारका खेलौना र खेल्ने तास आयात खुकुलो भएको छ ।
सरकारले चार वस्तुमा भने अझै प्रतिबन्ध कायम गरेको छ।
सबै प्रकारका तयारी मदिरा, ३०० डलर माथिका स्मार्टफोन, जिप, कार र भ्यान, एक सय ५० सिसी माथिका मोटरसाइकलमा प्रतिबन्ध कायम रहनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























