गण्डकी
गगन थापालाई कास्की-१ बाट उम्मेदवार बनाउन सिफारिस
०

कास्की, भदौ १५-
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई कास्की–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाउन सिफारिस गरिएको छ । कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर १ कांग्रेसले आफ्नो क्षेत्रबाट कांग्रेस उम्मेदवारको रुपमा महामन्त्री थापाको नाम सिफारिस गरेको हो ।
२०७० र २०७४ सालमा काठमाडौं–४ बाट निर्वाचित भएका थापालाई कास्की–१ बाट उम्मेदवार बनाउन सिफारिस भएको हो । आउँदो ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























