देश/प्रदेश

एमाले प्रवेश गर्न लागेपछि सुदूरपश्चिमका मुख्यमन्त्रीले राज्यमन्त्रीलाई हटाए

Banner

धनगढी,भदौ १५-

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएको छ । चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त भएका थिए । नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट राज्यमन्त्री बनेका चौधरीलाई पार्टी गतिविधि विपरित काम गरेको भन्दै पार्टीको सिफारिसमा मुख्यमन्त्रीले पदमुक्त गरेको स्रोतको दाबी छ ।

प्रदेश कमिटि सदस्यसमेत रहेका चौधरी एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री भएका थिए। उनी बुधबार एकीकृत समाजवादी पार्टी त्याग गरी पुनः एमालेमा फर्कन लागेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>