देश/प्रदेश

झापा ५ बाट स्वतन्त्र उम्मेद्वारी दिँदै चर्चित हास्यकलाकार ‘जिग्री’

Banner

काठमाडौँ, भदौ १५–

गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले सफलता हासिल गरेसंगै आसन्न संघ र प्रदेशको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदहरु बढ्ने देखिन्छ ।

मंसिर ४ गते संघ र प्रदेशको एकैपटक निर्वाचन गर्ने सरकारले घोषणा गरेसंगै धमाधम उम्मेद्वारी घोषणा समेत हुन थालेको छ । यसैक्रममा अहिलेका चर्चित हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ले उम्मेद्वारी घोषणा गरेका छन् । उनी झापा–५ बाट संघीय निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

अहिलेको उनको सामाजिक संजालमा प्रचार–प्रसार सुरु भइसकेको छ । ‘भद्रगोल’ हास्य टेलिऋंखलाबाट चर्चाको शिखरमा पुगेका ‘जिग्री’ अहिले ‘सक्कीगोनी’ हास्य टेलिऋंखलामा आवद्ध छन् । झापा क्षेत्र नम्बर ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>