राजनीति

ओली कञ्चनपुर जाँदै, सांसदसहित विभिन्न पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गर्ने

Banner

कञ्चनपुर,भदौ १५-

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुर जाने भएका छन्। एमाले कञ्चनपुरको आयोजना हुने जनसभा र पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आज कञ्चनपुर जान लागेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

ओलीले एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउने छन्। एमाले केन्द्रीय सदस्य एवं कञ्चनपुर इन्चार्ज निरु पालका अनुसार एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बीना बुढाथोकी, केन्द्रीय सदस्य एवं प्रदेश सांसद तारा लामा, सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष विक्रम शाही, वेदकोट गढी नगरपालिकाका पूर्व मेयर अशोक चन्द लगायत एमाले प्रवेश गर्दैछन्। त्यसैगरी कैलालीबाट पनि कांग्रेस, माओवादी,लगायतका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको एमाले कैलालीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>