देश/प्रदेश
दुई समूहबीचको झडपमा एकजनाको मृत्यु
०

कर्णाली, भदौ १५–
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ ।
तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।
“स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको बुझिन आएको छ, अनुसन्धान हुँदैछ”, उनले भने, “मृतकको टाउकोमा गम्भीर चोट छ, घटनामा संलग्नको पहिचान र खोजी जारी छ ।”
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























