अर्थ
दशैंका लागि प्रतिव्यक्ति १८ हजार ५०० नयाँ नोट साट्न पाइने, भदौ २६ देखि साट्न सकिने
०

काठमाडौँ, भदौ १५–
नेपालीहरुको महान् चाड पर्वहरु विस्तारै सुरु भइसकेका छन् । दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी गरेको छ ।
२६ भदौदेखि नयाँ नोट साट्न सकिने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार २६ भदौदेखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी रहेको छ ।
२० भदौपछि मात्रै कहाँ–कहाँबाट नयाँ नोट साट्न सकिने भनेर सूचना प्रकाशित गर्ने तयारी रहेको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























