विज्ञान/प्रविधि

टिकटक बन्द गर्नुपर्ने माग राख्दै प्रदर्शन,अश्लिलता रोक्न माग

Banner

जनकपुरधाम,भदौ १४-

सामाजिक सञ्जाल टिकटकलाई बन्द गर्नुपर्ने माग राख्दै मधेशका दुई जिल्लामा प्रदर्शन गरिएको छ । प्रदेशको राजधानी धनुषाको जनकपुरधाम र सिरहामा युवाले प्रदर्शन गरेका छन् । टिकटकले आफ्नो संस्कृति बिग्रिरहेको, अश्लिलता प्रदर्शन भइरहेको भन्दै युवाहरुले संघष समिति बनाएर प्रदर्शन गरेका हुन् । ‘टिकटक बन्द गर्नुपर्ने, टिकटकमा अश्लिल भिडियो बनाउनेलाई कार्वाही गर्नुपर्ने, टिकटक भगाउ, आफ्नो संस्कृति बचाऔं’ भन्दै दुबै जिल्लामा प्रदर्शन गरिएको छ ।

युवाहरुले टिकटक बन्द गर्न भन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र नगरपालिकाको कार्यालयका ज्ञापन समेत बुझाएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>