राजनीति

वैवाहिक अंगीकृत नागरिकता लिन ७ वर्षे प्रावधान राख्ने प्रस्ताव मेरै हो : प्रचण्ड

Banner

काठमाडौं, भदौ १४–

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षे समयसीमा राख्ने प्रस्ताव आफ्नो भएको दाबी गरेका छन् ।

राज्यव्यवस्था समितिमा सहमति नजुटेपछि बहुमतबाट निर्णय गर्दा पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नमानेका कारण संसदको पूर्ण बैठकमा ७ वर्षे प्रावधानसहितको विधेयक पेश नै हुन नसकेको उनले बताए । सोमबार राजधानीमा आयोजित पार्टीको कार्यक्रममा प्रचण्डले भने ‘राज्य व्यवस्थामा शशी श्रेष्ठ सभापति भएको बेला वैवाहिक अंगीकृतको सवालमा ७ वर्षे प्रावधान राख्नुपर्छ भनेर जोड गरेको हामीले हो ।’

उनले अघि भने, ‘म पनि राज्य व्यवस्थामा थिएँ । मैले भनेको हो, भारत र नेपालको बराबरी गर्नु रामो हुन्छ ।’ त्यसबेला तत्कालीन एमालेबाट आएका नेताहरु समेत विभाजित देखिएको भन्दै उनले भने, ‘केही हाम्रो पक्षमा आए, केही रिजर्ब बसे । कांग्रेस र अन्य (दल) सहमत भएनन् । सर्वसम्मत हुन नसकेपछि बहुमतले पारित गर्‍यौं । त्यो माओादी केन्द्रले जोड गरेर राखेको प्रावधान हो, अरुले होइन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>