राजनीति

महेश बस्नेतको आपत्तिजनक अभिव्यक्ति : बालेनलाई मुखले नभए हातगोडाले सम्झाउनुस्

Banner

काठमाडौँ, भदौ १४–

नेकपा एमाले नेता एवं सांसद महेश बस्नेतले स्वतन्त्र समूहहरुबाट उदाएका जनप्रतिनिधि तथा नेताहरुमाथि आपत्तिजनक अभिव्यक्ति दिएका छन् । सोमबार भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बस्नेतले रवीन्द्र मिश्र, रवि लामिछाने, बालेन, रमेश खरेल आदिका नाममा देशीविदेशी तत्वहरु सल्बलाउन थालेको आरोप लगाएका हुन् ।

काठमाडौं महानगरका मेयर बालेनले पछिल्लो दिनमा अनधिकृत संरचनाहरुमा डोजर लगाइरहेको घटनाप्रति संकेत गर्दै बस्नेतले आफ्ना कार्यकर्तालाई सकभर मुखले, नत्र हातगोडाले भए पनि सम्झाउन भन्दै उक्साएका हुन् ।

बस्नेतले बालेन लक्षित गर्दै आगो बल्न थाल्दा स्याउलाले निभाए पनि आगलागी भएमा पछि के गर्ने भन्दै युवालाई प्रश्न गरेका थिए । बस्नेतले भने, ‘सकभर मुखले सम्झाउनुस्, सम्झेनन् भने हातगोडा जेले भए पनि सम्झाउनुस् । परेको पार्टीले बेहोर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>